गैंडाकोटमा बन्द अवधिभर खोप कार्यक्रम स्थगित

0


गैंडाकोट । हरेक महिनाको ५ गते गैँडाकोट नगरपालिका वाड नं. १ को मिलनचोकमा रहेको खोप केन्द्रमा बालबालिकालाई खोप दिने कार्यक्रम भोली स्थगति भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नगर श्रावण ८ गतेसम्म सिल रहेको हुँदा सम्भावित जोखिम कम गर्न सचेतता अपनाउँदै भोलीको खोपका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको गैँडाकोट नगरपालिका वाड नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
गैंडाकोटमा बन्द अवधिभर खोप कार्यक्रम स्थगित गरिएका छन् । नगर स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले ८ गतेसम्म बन्दका समयमा नगरका सबै केन्द्रहरुमा हुने खोप हाललाई स्थगित गरिएको जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply