नगरप्रमुखको पद र मर्यादालाई तेजोबध गर्न खोजीयो : छत्रराज पौडेल

0


‘सहकर्मीहरुबाट साथ पाईएन’

प्रेम क्षेत्री
साउन ४, गैंडाकोट । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले अधिवक्ता रमेश काफ्ले आफ्नो कानुनी सल्लाहकार नभएको बताउनुभएको छ ।

आईतबार एक प्रेस विज्ञप्ती जारि गर्दै उहाँले काफ्लेसँग नामजोडी सामाजिक सञ्जालमा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै नगरप्रमुखको पद र मर्यादालाई तेजोबध (शक्ति घटाउने काम) गर्न खोजिएको बताउनुभयो । नगरपालिकासँग नाम जोडेर गरिएको तथ्यहिन भ्रामक समाचारको पछि नलाग्न समेत नगरवासीमा उहाँले आह्वान गर्नुभएको छ । विज्ञप्तीमा भनिएको छ–“अन्यत्र भए गरेका काम कारवाहीका सम्बन्धमा यस नगरपालिकाको कुनैपनि सम्बन्ध र दायित्व रहदैंन् ।”
समृद्ध गैंडाकोट निर्माणको महाअभियानमा जुटिरहेको उल्लेख गर्दै उहाँले राजनैतिक पूर्वाग्रहले पिल्सीएका आफ्नै सहकर्मीहरुबाट साथ र सहयोग पाउन नसकेको समेत बताउनुभएको छ । नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुले विभिन्न बहाना बनाई कार्यमा अवरोध सिर्जना गर्ने, कार्यकक्षमा ताला लगाउने, नगर प्रमुखको नेमप्लेट फ्याक्ने, आफ्नो जिम्मामा रहेका नगरपालिकाका अभिलेखहरु अनधिकृत रुपमा बजारमा पु¥याउने जस्ता गैर जिम्मेवार कार्यका माध्यमबाट पटक–पटक नगरको समृद्धि र विकासमा अवरोध पु¥याउने गरिएको उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।


समृद्द गैंडाकोट निर्माणको विकास विरोधी, त्रसित मानसिकता बोकेका र आफ्नो चरित्र हत्या गर्नेलाइ सोही किसिमको भाषा प्रयोग गरेको र त्यो शव्द नगरबासी प्रती लक्षित नभएको नगर प्रमुखद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ । “नगरपालिकाको भलो चिताउने आम नगरवासी सम्पूर्ण व्यक्तिहरु मेरो माता पिता सम्मान हुनुहुन्छ” विज्ञप्तीमा भनिएको छ ।
उहाँले नगरको हित र उन्नतीका लागि प्राप्त मत र विश्वासको कदर गर्दै अगाडी वढ्ने बताउनुभएको छ । आगामी दिनमा विकासमा अवरोध सिर्जना गर्ने प्रवितिहरुको अन्त्य हुँदै जाने नगर प्रमुख पौडेलले विश्वास समेत व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply