दुध उत्पादन वढाउन भरतपुर ६ मा नमुना गाई फार्मको उद्घाटन

0

डोलराज रानाभाट, भरतपुर, ३ साउन । दुध उत्पादन बढाउन भरतपुर महानगरपालिकाको ५० प्रतिशत लागत साझेदारीमा नमुना गाई फार्मको आज उद्घाटन गरिएको छ । चितवनकै नमुना दुग्ध सहकारी अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड भरतपुर ६ केशरबागमा उक्त फर्मको आज महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दे मेयर दाहालले आर्थिक वृद्धि र समृद्धिका लागि कृषि र पशुपालनमा लगानी वढाउने नीति कार्यक्रम र बजेट अनुसार अन्नपूर्णलाई लागत साझेदारीमा सहयोग गरेको बताउनुभयो । दुध उत्पादन तथा विक्रि वितरणमा गुणात्मक उपलब्धी देखाउन सफल भएको साथै निवेदन परेका मध्ये छनौट भई सहकारीलाई सहयोग प्राप्त गर्न सफल भएको दाहाले बताउनुभयो । महानगरपालिका र सहकारीको ५०÷५० साझेदारीमा नमुना गाई फार्म निर्माण गरिएको हो । ९६ वटा पशुवस्तु राख्न सक्ने क्षमताको फार्म ६० लाखको लागतमा निर्माण भएको हो । फार्ममा घाँस पानी खुवाउन देखि दुध दुहुन पनि आधुनिक प्रविधिको प्रयोग गरिने भएको हो ।

विस २०४१ सालमा स्थापना भएको सहकारीले दैनिक साँढे ८ हजार लिटर दुध सदस्यहरुबाट संकलन गरी विक्रि वितरण गर्दै आइरहेको अध्यक्ष ऋषिराम चापागाईले बताउनुभयो । भरतपुर महानगरपालिका पशु विकास शाखाका प्रमुख मेघराज ढकालका अनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डमा १ जना व्यक्तिले एक वर्षमा ९१ लिटर दुध पिउनुपर्ने हुन्छ । तर नेपालमा ७३ लिटर मात्रै दुध पर्याप्त छ । भतरपुर महानगरपालिकामा भने प्रतिवर्ष एक व्यक्तिलाई १०८ लिटर दुध पुग्ने र वाँकी दुध वाहिरी जिल्लामा विक्रिवितरण हुँदै आएको छ । दुधमा चितवन आत्मनिर्भर भइसकेको र अव देशलाई पनि आत्मनिर्भर गराउन यसले सहयोग मिल्ने बताउनुभयो ।

Share.

Leave A Reply