नारायणगढ-मुग्लिन सडकखण्डमा रकनेटिङ्गको काम बर्खा लगत्तै

0

चितवन,असार ३-

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो रोकथामका लागि पहाडमा हुँदै आएको रक नेङ्गिको काम अहिले रोकिएको छ । बर्खा लागेसँगै रोकिएको काम सुरु हुन केही समय लाग्ने मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ ।

अधिकांश भागमा रकनेटिङ्ग को काम सकिए पनि लगातार पहिरो गएर दुःख दिने गरेको चारकिलोमा भने काम बाँकी रहेको इन्जिनियर शिव खनालले बताए । उनका अनुसार चारकिलोमा रक नेटिङ्गको काम बर्खा लगत्तै सुरु हुनेछ । ८७ प्रतिशत काम सम्पन्न भएको उनले बताए ।

बर्खामा लेदो माटो खसिरहने भएकाले काम गर्न नसकिएको उनले बताए । पहिरो गएमा तत्काल त्यसलाई पन्छाएर यातायात सुचारु गर्नका लागि साधनहरु तयारी अवसस्थामा राखिएको उनले बताए । हाल सो खण्डमा कुने अवरोध नरहेको पनि उनले जानकारी दिएका छन् ।

Share.

Leave A Reply