गैंडाकोट नगरको कानुनी सल्लाहकार काफ्ले नै भएको उपप्रमुखको खुलासा (सम्झौता पत्र सहित)

0


प्रेम क्षेत्री
साउन ३, गैंडाकोट । गैंडाकोट नगरको कानुनी परामर्शदाताका रुपमा अधिवक्ता रमेश काफ्ले नै भएको गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले खुलासा गर्नुभएको छ ।
गैंडाकोट नगरपालिकामा कानुनी सल्लाहकार नै छैन भनेर नगर प्रमुख छत्रराज पौडेलले दिनुभएको अभिव्यक्ति झुट रहेको समेत उहाँको भनाई छ । गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले २०७५ साल श्रावण १ गते मुद्दा दायर, बहस पैरवीका लागि रमेश काफ्लेलाई नै कानुनी सल्लाहकार तोकि करार नियुक्ती तोकिएको प्रमाण समेत देखाउनुभएको छ । कार्यपालिका बैठकबाट पास नभएको तर उहाँले करार नियुक्ती गरि पारिश्रमिक लगायतका सेवा सुविधा लिएको प्रशस्त प्रमाण रहेको उहाँले दावी गर्नुभयो । सो नियुक्तीमा कहिले सम्म भनेर नतोकेका कारण विवाद् सिर्जना भएको उहाँले बताउनुभयो ।


विजय एफएमको कार्यक्रम आजको सवालमा बोल्दै उहाँले शक्ती र सत्ताको उन्मादका कारण गैंडाकोटमा निरंकुश र हैकमवादी प्रवृति हावी भएको र लोकतान्त्रिक अभ्यास अनुसार अघि बढ्न नसक्दा गैंडाकोटको छवि राष्ट्रिय रुपमा नै विग्रदै गएको बताउनुभयो । हरेक विषयमा नगर प्रमुखका व्यवहारका कारण र बहुमत सदस्यलाई स्विकार गर्न नसक्दा समस्या उत्पन्न भएको उहाँको आरोप छ । नगरपालिका आँफैले बनाएको आचारसंहिता जनप्रतिनिधिहरु आफँले बिर्सिएको उहाँको भनाई छ ।
गैंडाकोट नगरपालिकामा बनेको सो विधेयक देवचुली नगरपालिकामा हुबहु पास भएको भन्दै नगर प्रमुखले दिएका अभिव्यक्ति प्रति पनि उहाँले आपत्ति जनाउँदै हुबहु पास नभएको बताउनुभयो । मनोनित शिक्षा समिति सदस्यको म्याद असारमा सकिएको जनाउँदै उहाँले अब गठन हुँदा सबैलाई मान्य हुनेगरि संघीय शिक्षा ऐन अनुसार बन्नुपर्ने बताउनुभयो ।
गैंडाकोट नगरका काँग्रेस पक्षिय जनप्रतिनिधिलाई समेटर अगाडी बढ्न सकेमात्र नगर प्रमुख महान बन्ने बताउँदै सो तर्फ ध्यान दिन उहाँको सुझाव छ ।
सातौ नगर सभाबाट पास भएको भनिएको नीति तथा कार्यक्रम र बजेट लागु गर्न नहुने बताउँदै काँग्रेस पक्षिय जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतको ध्यानकर्षण गराएको प्रशंगमा उहाँले बजेट पास नियमसंगत नभएको बताउनुभयो । आँफु प्रस्तावको पक्षमा रहेकाले यसको विपक्षमा भन्दा पनि बहुमत सदस्य विपक्षमा रहेका कारण विशेष सभा बोलाएर सुझाव र सल्लाहलाई सम्बोधन गर्नुपर्ने उहाँको तर्क छ ।

Share.

Leave A Reply