करिव २० वर्षदेखि देवघाटमा हुँदै आएको बोलवम मेला यो वर्ष स्थगित (कुराकानी सहित)

0

२ साउन । करिव २० वर्षदेखि देवघाट धाममा लाग्दै आएको श्रावणी बोलवम मेला यो वर्ष स्थगित गरिएको छ । विश्व महामारीको रुपमा रहेको कोभिड १९ को संक्रमण फैलन सक्ने जोखिम भएका कारण यस वर्ष मेला नगर्ने निर्णय भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै पौडेलले लामो समयसम्मको सांस्कृतिक परम्पराको पर्व भएपनि अहिले कोभिड १९ को संक्रमण जोखिम उच्च भएकाले यस वर्ष विशेष अवस्थाका कारणले मेला नहुने भएको बताउनुभयो । तनहुँ, चितवन र नवलपुरका प्रशासनहरुसँग वसेर छलफल भएपछि मेला नहुने नीतिगत निर्णय गरेर सोही अनुसार भक्तजनहरु आउन सक्ने ठाउँहरुमा जानकारी पठाएको उहाँले बताउनुभयो । यस वर्ष यथास्थानबाटै देवघाटलाई मनबाट सम्झिन उहाँको आग्रह छ ।
श्रावण ५ गते परेको सोमवार मेलाका लागि आइतवार नै आउने, भजनकिर्तनमा रमाएर सोमवार विहानै गण्डकी र त्रिुशलीको संगम वेणीमा नुहाउने गरी भक्तजनहरु पूर्वी तराइको जनकपुर देखि पश्चिम तराई लुम्विनी, दाङ, त्यस्तै गोरखा तनहुँ, लमजुङ, कास्की, मकवानपुर, चितवन, नवलपुरासी सहित विदेशबाट समेत लाखौँको सख्यामा भक्तजनहरुको जमघट हुने गर्दथ्यो ।त्यस्तै कोभिड १९ कै कारण देवघाट क्षेत्रको विकासका कार्यसमेत प्रभावित भएको अध्यक्ष पौडेलले बताउनुभयो । देवघाट दानदातव्यको केन्द्रपनि भएकाले यहाँका व्यवसायी धार्मिक पर्यटनबाट चल्ने तर अहिले सवै प्रभावित छ । तिर्थाटनमा आउने भक्तजनहरुकै कारणले देवघाटका व्यापार व्यवसाय चल्ने साथै मठ मन्दिर गुरुकुल आश्रम संचालन हुने भएपनि कोभिड १९ र लकडाउनले तिनीहरुको संचालनमा कठिनाई भएको पौडलको भनाई छ ।

Live Stream

यस वर्षको वोलबम मेला रोकिनुको कारण के हो ? देवघाटको विकासमा कोभिड १९ ले पारेको असर के छ ? शिवराज पौडेले अध्यक्ष देवघाट क्षेत्रविकास समिति

Posted by 101.6 Vijaya FM on Thursday, July 16, 2020

 

Share.

Leave A Reply