काँग्रेस नवलपुरले आगामी साउन २० सम्म क्रियाशील सदस्यता नविकरण सक्ने

0

होमराज रानाभाट,नवलपुर,२ साउन । नेपाली काग्रेस नवलपुरले पार्टीको क्रियाशील सदस्यता नबीकरण आगामी साउन २० गते सम्म सक्ने गरि महत्वपूर्ण निर्णयहरु गर्दै सम्पन्न गरेको छ । पार्टीको आज कावासोतीमा बसेको जिल्ला समितिको बैठकले पहिलो चरणमा पार्टीको क्रियाशील सदस्यता नबीकरण गर्ने ,सो को अबधि साउन २० सम्म हुने र पुराना क्रियाशील सदस्यता नबीकरण भैसके पछि सम्बन्धीत वडा कार्य समितिको सिफारीशमा मात्र नयाँ सदस्यताको लागि आबेदन प्रत्येक वडामा पठाउने र प्रत्येक वडाबाट वडा कार्यसमितिको निर्णयबाट मात्रै आएका सदस्यताहरु लाई जिल्ला कार्यसमितिले छानबीन गरि अनुमोदन पश्यात केन्द्रमा सिफारीश गर्ने निर्णय भएको जिलला सभापति एबं प्रदेश सांसद बिण्णु लामिछानेले बताउनुभयो ।

साथै अब कसैले पनि चोर बाटो अपनाएर क्रियाशील सदस्यता भर्ने र बुझाउने प्रथाको अन्त्य भएको बताउँदै पुराना क्रियाशील सदस्ताका आधारमा मात्र कायम रहेको सदस्यतको ५० प्रतिशत नयाँ सदस्यता दिने केन्द्रको समेत परिपत्र अनुसार जुन सुकै अबस्थामा निर्णय नभई जथाभाबी आएका सदस्य हुन खोज्नेहरुलाई पुरै निरुतसाहित गरिने सभापति लामिछानेले बताउनुभयो ।
नवलपुरमा हाल आठ हजार दुई सय पुराना क्रियाशील रहेको छन् भने केन्द्रले चार हजार एक सय फारम पठाएको जिल्ला सभापति लामिछानेले बताउनुभयो । उहाका अनुसार बढिमा भदौ १५ सम्ममा सबै काम सकेर केन्द्रमा सिफारीश गरिसकिने छ ।

बैठकले सदस्ष्यताको शुल्क पुरानाको हकमा रु तीन सय र नयाँको हकमा रु चार सय कायम गरेकोे छ भने आगामी साउन ६ गते बीपी स्मृति दिबस सबै पालिकामा मनाउने र साउन ५ गते रजहरमा रहेका कोरोना संक्रमितहरुलाई जिल्ला कार्यसमितिले फलफुल बितरण गर्ने निर्णय गरेको छ ।
साथै कोरोना को पीसीआर को जाँच बढाउन र बाढी पहिरोका कारण सिर्जित घटना प्रति दुख ब्यक्त गर्दै सरकारलाई सम्बेदनशील बन्न पनि बैठकले ध्यानाकर्षण गराएको छ ।

Share.

Leave A Reply