नगरप्रमुख पौडेलको अभिव्यक्ति विरुद्ध काँग्रेसचोकमा विरोध, शब्द फिर्ता लिएर माफि माग्न आग्रह

0

२ साउन । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले हेल्लो मेयर कार्यक्रममा नगरवासीलाई ‘कुकुर’ को संज्ञा दिएर अभिव्यक्ति दिएको भन्दै त्यसको विरोध गरिएको छ । आज गैंडाकोटको काँग्रेस चोकमा कोण सभा गर्दै युवा गोकुल सापकोटाले नगरकै उच्च तहमा रहेर पनि तुच्छ शब्द प्रयोग गरी नगरवासीलाई अपमान गरिएको भन्दै त्यसको विरोध गरिएको बताउनुभयो ।

उक्त शब्द फिर्ता लिएर तत्काल माफि माग्न पनि उहाँले आग्रह गर्नुभयो । विभिन्न वडाका प्रतिनिधिमूलक जम्मा भएका नागरिकले नगरकै उच्च तहमा रहेर पनि तल्लो स्तरको शब्द व्यक्त गर्नुले नगरवासीलाई अपमान भएको बताइएको छ । कार्यक्रममा युवा गोकुल सापकोटा, राजेश पौडेलले बोल्नुभएको थियो ।

 

कार्यक्रम नागरिक अगुवा गोविन्द घिमिरेले संचालन गर्नुभएको थियो । कार्यक्रम सुरु हुनुपूर्व नगरप्रमुखले व्यक्त गरेको शब्दलाई माइकबाट सुनाइएको थियो । हेल्लो मेयर कार्यक्रम जनताको गुनासो सुन्ने कार्यक्रम भएको तर त्यसैमा नागरिकलाई अपमानीत हुनेगरी शब्द प्रयोग गरिएको भन्दै विरोध जनाइएको गोविन्द घिमिरेले बताउनुभयो । गैडाकोट नगरक्षेत्र सिल गरिएको समयमा गरिएको विरोध कार्यक्रममा सामाजिक दुरी कायम गरिएको जनाइएको छ ।

Share.

Leave A Reply