सामाजिक सुरक्षा भत्ता वोकेर गैंडाकोट ३ का वडाअध्यक्ष घरघरमा

0

डोलराज रानाभाट, १ साउन । एकातिर कोभिड १९ को डर अर्कोतिर लामो समय वैँकको लाईनमा वसेर सामाजिक सुरक्षा भत्ता लिनुपर्ने वाध्यता । तर गैंडाकोट ३ का ज्यष्ठ नागरिक देखि सामाजिक सुरक्षा भत्ता लिनेहरु उक्त झन्झटबाट वर्षेनी मुक्त छन् ।

यो वर्षपनि वडाअध्यक्ष शिवकान्त तिवारीले घरघरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउदै हिँड्नु भएको छ । भौगोलिक विकटता सँगै अहिले कोभिड १९ को संक्रमणको जोखिम ज्यठ नागरिकमा धेरै हुने हुँदा आफैले घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याएको अध्यक्ष तिवारीले बताउनुभयो । जनप्रतिनि जनताको सेवाका लागि भनेर प्रतिवद्ध भई आएकाले पनि आफूले वर्षेनी यसरी सेवा गरेको उहाँको भनाई छ । ज्यष्ठ नागरिक समाजका मार्गदर्शक भएकाले उहाँहरुबाट प्राप्त आशिर्वाद नै आफूलाई ठूलो कुरा भएको बताउनुभयो ।

आज तात्रीवास र केलादीमा पुगेर भत्ता वितरण गरेको र क्रमश सवै टोलमा पुग्ने उहाँले बताउनुभयो । त्यसरी घरघरमै पुगेर भत्ता पाउँदा ज्यष्ठ नागरिक खुशी हुनुहुन्थ्यो । वडाअध्यक्षको यो कामले आफूहरु वैँकको लाइनमा वस्नुपर्ने झन्झट सँगै समय समेत वचत भएको भन्दै वडाअध्यक्षलाई आशिर्वाद दिएका थिए ।

 

वडाअध्यक्ष हुनु त शिवकान्त तिवारी जस्तै, जसले दिए घरघर पुगी सामाजिक सुरक्षा भत्ता

वडाअध्यक्ष हुनु त शिवकान्त तिवारी जस्तै, जसले दिए घरघर पुगी सामाजिक सुरक्षा भत्ता

Posted by 101.6 Vijaya FM on Thursday, July 16, 2020

Share.

Leave A Reply