लालिगुरास महिला उपभोक्ता समितिद्धारा संगित परीक्षण तालिम आजदेखी शुरु

0

माया कडेँल, गैंडाकोट , १ साउन । लालिगुरास महिला उपभोक्ता समितिले संगित तथा हरी किर्तन प्रशिक्षण तालिम शुरु गरेको छ । १ महिना सम्म गैंडाकोट १३ सिख्रौलीमा रहेको कैलास सन्न्यास आश्रममा परिसरमा संगित तथा हरी किर्तन प्रशिक्षण गरिने कार्यक्रमकोे आज गैंडाकोट १३ का वडाध्यक्ष पदमलाल पौडेलले उदघाटन गर्नुभयो ।

 

कार्यक्रममा बोल्दै उहाँले वडाले महिला दिदिबैनीलाई सहयोग गर्न १ महिनाको प्रशिक्षण कमी भएको महसुस भएमा अर्को १ महिना वडाबाट प्रशिक्षण गर्न पनि सकिने वडाध्यक्ष पौडेलले बताउनुभयो । वडा सदस्य एवम् न्यायिक समिति सदस्य छविकला पाण्डेले महिला दिदिबहिनीलाई हरेक काममा सहयोग गरिने , वडाको विकास र क्षमता अभिवृद्धिमा पनि ध्यान दिन आवश्यक रहेको बताउनुभयो । हार्मोनियम मादल खैजडी मुजुराको तालिममा १६ जना महिला दिदिबैनीको सहभागिता रहेको लालीगुरास महिला उपभोक्ता समितिका सचिव दुर्गा लामिछानेले जानकारी दिनुभयो ।

संगितले मनोरञ्जन, उर्जा दिने र समाजमा बिभिन्न सामाजिक कार्यमा सहभागि कमाई पनि हुने भएकाले परीक्षण कार्यक्रम गरिएको संस्थाका अध्यक्ष अम्बीका अधिकारीले बताउनुभयो उहाँले सबैजनाको सहयोग भए उर्जाशिल बन्ने पनि बताउनुभएको छ ।

तालिममा श्रीकान्त घिमिरे, शिशिर घिमिरे प्रशिक्षकको रुपमा रहनुभएको छ । अहिले कोरोना भाईरसको जोखिम रहेकाले सामाजिक दुरी कायम गरि मास्क र सेनेटाईजरको प्रयोग गरिएको र अन्य व्यक्ति प्रवेशमा निशेध रहेको पनि सचिव दुर्गा पराजुलीले जानकारी दिनुभएको छ ।
,गैंडाकोट १३ का जनप्रतिनिधि तोयाराम पौडेल, उषा विक , लालीगुरास टोल बिकास संस्थाका प्रेम पाठक, कैलास टोल बिकास संस्थाका अध्यक्ष प्रेम पौडेल , स्रिखौली उपभोक्ता समिति कार्यालय सचिव जगरनाथ पौडेल , कौलाश सन्यास आश्रम व्यवस्थापन समिति अध्यक्ष पुष्पराज घिमिरे लगायतको उपस्थिती रहेको थियो । सचिव दुर्गा पराजुलीले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता अध्यक्ष अम्बीका अधिकारीले गर्नुभएको थियो । यसरी प्रशिक्षण सहभागि बन्न पाउँदा महिला दिदिबैनी खुशी बनेका छन ।

Share.

Leave A Reply