बालबालिकाको सिकाइमा सहजीकरण गर्दिन अभिभावकलाई वडाको आग्रह

0

गैँडाकोट, १ श्रावण । गैँडाकोट नगरपालिका वाड नं. १ ले आफ्ना वडा भित्रका बालबालिकाको सिकाइ सहजीकरणमा सहयोग पु¥याइदिन अभिभावकलाई आग्रह गरेको छ ।

गैँडाकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटाले सचेतता पत्र सार्वजनिक गर्दै अहिलेको विपद्को समयमा बालबालिकाको मनोविज्ञानमा असर पुग्ने भन्दै त्यसमा सचेतता अपनाउन आग्रह गर्नुभएको हो ।

कोरोना भाइरसको संभावित जोखिम गर्न नेपाल सरकारद्धारा जारी लकडाउनका कारण चैत ११ गतेदेखि विद्यालयहरु बन्द रहेका छन् । विद्यार्थीहरुले डिजिटल प्रक्रियाबाट शिक्षण कार्य गरिरहेका छन्, विद्यालयहरुले उपलब्ध गराएको वर्कसिटबाट अध्ययन गरिरहेको हुँदा सो का लागि शिक्षण सामाग्री उपलब्ध गराइदिने, शिक्षणमा सहयोग पुर्याउने, हौसला प्रदान गर्ने लगायतका भूमिका निर्वाह गरि विद्यार्थीलाई सिक्न सजिलो बनाइदिन वडाले अभिभावकहरु समक्ष आग्रह गरेको हो ।

वडा भित्र दुई वटा सामुदायिक विद्यालय र ३ वटा संस्थागत विद्यालय रहेका छन् । विद्यालय जाने उमेरका बालबालिकाहरुलाई केन्द्रीत हुने गरि विशेष कार्यक्रम अघि सार्नुपर्ने देखिएको छ ।

Share.

Leave A Reply