डोलराज रानाभाट, १ साउन । गैंडाकोट नगरपालिकाका १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गत असार ३० गते नेपाल रािष्ट्रय शमसेर माविमा संकलन गरिएको स्वावमा ५ जना सुरक्षाकर्मी (नेपाल प्रहरी) सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । अन्यमा केही होम क्वारेनटाइन र केही नगरपालिकाको क्वारेनटाइनमा वस्नुभएको थियो । उहाँहरुको स्वाव हेटौंडामा परीक्षण गरिएको थियो ।
१३ जना पुरुष र ५ महिलामा संक्रमण देखिएपछि उहाँलाई आइसोलेसनमा लैजाने तयारी भएको छ भने थप विवरण आउन वाँकी रहेको छ ।गत असार २९गते लक्ष्मी माविमा संकलन गरिएको स्वावका रिपोर्ट भने अझै आएको छैन । भरतपुरको कोभिड १९ परीक्षणमा पठाएको लामो समय हुँदा सम्म रिपोर्ट नदिँदा समस्या भएको शाखा प्रमुख पौडेलले बताउनुभयो ।