भल निकासको स्थायी व्यवस्थापनको पहल गरिदै

0

डोलराज रानाभाट, ३१ असार । गैंडाकोट नगरपालिकाले वडा नम्वर ४ को भल निकास सधैँका लागि समाधान गर्न सक्रिय भएको छ । आज गण्डकी प्रदेश सांसद कृष्ण चन्द्र नेपाली, नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णुकुमारी कडेँल, वडाअध्यक्ष कृष्णप्रसाद न्यौपाने सहितको टिमले नारायणगढ वुटवल सडक खण्डका प्रमुख सुजन अधिकारी सँग स्थलगत निरीक्षण गरी सधैँका लागि भल निकास हुने गरी काम गर्न निर्देशन दिइएको छ । माथिबाट वगेर आउने ठूलो भलहरु मुख्य राजमार्गमा आएपछि निकास हुन नपाएको भन्दै सडक निर्माणको कार्य जारी रहदा भल निकासको उचित समाधान खोज्न भनिएको हो । गैडाकोट २ को नमुना कलेज पछाडीदेखि गैडाकोट ४ को भफर्दी क्षेत्रमा ठूलो पानी पर्नासाथ जलमग्न हुने समस्या भइरहेको भन्दै त्यसको समाधानमा सकड वाट हुन सक्ने जति प्रयास गर्न आग्रह गरिएको वडाअध्यक्ष कृष्ण प्रसाद न्योपानेले जानकारी दिनुभयो ।

 

स्थलगत निरीक्षणमा उपप्रमुख विष्णुकुमारी कडेँलले सडकमा भएको पानी निकास हुने त छदैछ त्यो वाहेक भलपानी नै निकास हुनेगरी कुनै अर्को संरचना वनाएर जान सकिन्छ भने त्यसमा सहयोग गर्न सडक आयोजनाका प्रमुख अधिकारीलाई आग्रह गर्नुभयो । स्थलगत निरीक्षण पछि सडक आयोजना प्रमुख अधिकारीले सडकले गर्न मिल्ने सम्मको सहयोग गर्ने बताउनुभएको छ । गत शनिवार रातिदेखि परेको पानी अझै राम्रोसँग निकास हुन सकेको छैन ।

 

गैडाकोट २ का स्थानीय यमकान्त आचार्य र हरिवहादुर कुँवरले कालिगण्डकी करिडोरको नालबाट पानी मुख्य राजमार्ग आउने तर राजमार्गबाट निकास हुने ठाउँ नभएपछि आफूहरुको ठाउँ जलमग्न भएको र ५ घरका परिवार विस्थापित नै हुनुपरेको बताउँदै चाँडै समाधान खोज्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply