गैंडाकोट ६ का एक पुरुष नारायणी नदि किनारमा मृत फेला

0

असार ३१, गैंडाकोट

गैंडाकोट ६ का एक पुरुष नारायणी नदि किनारमा मृत फेला परेका छन् । गैंडाकोट–६ का ५९ वर्षिय कृष्णप्रसाद चालिसे गैंडाकोट–७ अवस्थित नारायणी नदीको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । हिजो दिउँसो १ बजे घरबाट निस्किएका उनि आज मृत फेला परेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरिक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँले हिजो साँझ ५ बजेसम्म उनलाई स्थानीयले देखेको बताएको पनि जानकारी दिनुभयो । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । शवको मुचुल्का उठाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको पनि जानकारी दिनुभयो । पोष्टमार्टमा रिपोर्ट आउन भने बाँकी रहेको छ ।

Share.

Leave A Reply