लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ द्वारा भरतपुर अस्पताललाई भिटिएम किट प्रदान

0

पूर्णप्रसाद शर्मा

असार ३१, चितवन । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ एरिया नं ३ ले आज भरतपुर अस्पताल भरतपुरलाई १४०० थान भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडियम) किट प्रदान गरेको छ । सो किट लायन्स क्लब ईन्टरनेशनल फाउन्डेशनबाट प्राप्त भएको हो । कोरोना भाईरस परिक्षणका लागि मानिसको मुख तथा नाकबाट लिइएको स्वावलाई ल्याबसम्म सुरक्षित रुपमा पुर्याउन भिटिएम किटको प्रयोग गरिन्छ । भरतपुर अस्पतालमा आज एक कार्यक्रम गरि सो किट भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बागमती प्रदेशका सांसद बिजय सुबेदी, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का प्रथम गर्भनर लायन राम प्रसाद भट्टको उपस्थिती रहेको थियो । भिटिएम किट ग्रहण गरे सँगै भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले यो किटले निक्कै ठुलो महत्व राखेको बताउनुभयो । न्यून र मध्यम आयस्तरका नागरिकहरु उपचारका लागि आउने भरतपुर अस्पतालमा लायन्सले अत्यावश्यकीय सामग्री प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै दिर्घकालिन रुपमा लायन्स ईन्टरनेशनल सँग अस्पतालमा कुनै कोष स्थापनाका लागि पहल गर्न उपस्थित लायन्सकर्मीहरु सँग आग्रह गर्नुभयो ।

लायन्सकर्मीहरुको पहलमा यस अगाडी पनि अस्पताललाई पिपिई, माक्स, स्यानिटाईजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरिरएको थियो । सो कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को–अडिनेटरहरु, हरिप्रसाद घिमिरे, दिनानाथ न्यौपाने, नवराज सापकोटा,नारायणप्रसाद शर्मा, डेपुटी कोअडिनेटर राजेन्द्र गौतम, एरिया नं ३ का एरिया चिफ प्रभाकर पंण्डित लगायत डिष्ट्रिकका बिभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सभापतित्व डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक को–अडिनेटर तथा कोभिड १९ प्रोटेक्शन चिफ सिद्धार्थलाल चुकेको सभापतित्वमा सम्पन्न भएको थियो ।

 

Share.

Leave A Reply