विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाको आय संकलन काउण्टर ५ दिन बन्द

0

डोलराज रानाभाट, ३१ असार । आज देखि नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाको आय काउण्टर वन्द हुने भएको छ । नेपालभरका विद्युत प्राधिकरणका काउण्टर वन्द हुनेभएपछि गैंडाकोटको पनि वन्द हुने भएको छ । आज देखि श्रावण ४ सम्म अर्थात ५ दिन वन्द हुने भएको छ । श्रावण महिनादेखि प्राधिकरणले निर्धारण गरेको नयाँ विद्युत महशुल देशभर एकसाथ सफ्टवेयरमा अपटेड गर्नुपरेका कारण वन्द भएको हो । नयाँ विद्युत महसुल दर नेपाल विद्युत प्राधिकरणले एम पावर विलिङ्ग सिस्टममा अध्यावधिक गर्ने गर्दछ । गत असार १ गतेको निर्णयअनुसार नयाँ विद्युत महसुल निर्धारण गरिएको थियो ।

Share.

Leave A Reply