घर भत्किएपछि गैंडाकोट १२ का एक परिवार विस्थापित

0

३० असार । दैनिक जसो परिरहेको वर्षाका कारण गैंडाकोट नगरपालिका वडा नम्वर १२ हर्कपुरका एक व्यक्तिको घरको गारो भत्किएको छ । कृष्ण टोलबिकास संस्थामा रहेको खिमलाल न्यौपानेको घरको गारो भत्कीएको स्थानीय लुकुश धितालले जानकारी दिनुभयो ।

घरको गारो नै पहिरो गएपछि घर नै छोड्नुपरेको न्यौपानेको श्रीमती लिला न्यौपानेले बताउनुभयो । त्यहाँबाट छिमेकीको घरमा वस्न वाध्य हुनुपरेको उहाँले बताउनुभयो । निरन्तरको वर्षाले गारो बिझेर कमजोर भई भत्किएको थियो ।

सोही कोठमा आफूहरु सुतेको तर गाह्रो अगाडीतिर भत्कीएका कारण आफूहरुलाई क्षती नभएको उहाँको भनाई छ । घरको अगाडी र पछाडीको भाग भत्कीएको छ ।

 

अस्ती भत्कीएको र फेरि आज पनि भत्कीए पछि आफूहरुले घर नै छाड्नुपरेको बताउनुभयो । इट्टा र माटोको गाह्रो ले घर बनेको थियो । वडा अध्यक्ष थिर वहादुर थनेतले जिल्ला रेडक्रस सोसाइटीबाट राहत ल्याएर प्रदान गरेको र थप उद्दार तथा व्यवस्थापनका लागि वडाबाट गैंडाकोट नगरपालिकामा सिफारिस गरिसकेको उहाँको भनाई छ ।

 

नगरपालिकाको निर्णय वमोजिम उहाँहरुलाई व्यवस्थापन गर्ने वडाअध्यक्ष थनेतले बताउनुभयो । अहिले १२ देखि १३ प्रकारका सामानमा त्रिपाल, कपडा, पकाउने खाने भाडा आदि उपलब्ध गराएको उहाँले बताउनुभयो ।

Share.

Leave A Reply