विहान देखि अवरुद्ध दाउन्ने सडक एकतर्फी संचालनमा

0

३० असार । वर्षाका कारण पहिरो खस्दा रोकिएको पूर्व पश्चिम राजर्माको दाउन्ने खण्ड एकतर्फि संचालनमा आएको छ ।

आज विहान बिनयी त्रिवेणी गा.पा. २ पुर्ब पश्चिम राजमार्ग स्थित बिश्वकर्मा मन्दिर नजिक पश्चिम बाट पुर्व तर्फ आउदै गरेको बा १४ च ७०२० नम्वरको कार र विपरित दिशा बाट आउदैँ गरेको ना ६ ख १५५९ नम्वरको ट्रक लाई माथी बाट आएको पहिरो सँगसँगैको रुखले दुबैँ सवारी साधन लाई च्यापी क्षती पुर्या्एको थियो ।

 

मानबिय क्षती नभएको उक्त ठाउँको पहिरो पन्छाएपछि एक तर्फि सडक संचालनमा आएको हो । प्रहरीले दुईतर्फी सवारी साधन खुलाउने प्रयास गरिरहेको जनाएको छ । अवरुद्ध सडक खुलाउन प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतले प्रयास गरिरहेका छन् ।

Share.

Leave A Reply