जलमग्नलाई निकास दिन अस्थायी नाला निर्माणकार्य तीव्र

0

तस्विर ः नविन सुवेदी

डोलराज रानाभाट, ३० असार । शनिवार राति देखि परेको वर्षाका कारण जलमग्न गैडाकोट ४ को पानी निकासका लागि अस्थायी नाला निर्माणको कार्यलाई तिव्र पारिएको छ ।

भलको पानी निकास नभएपछि जयश्री खोलासम्म पुर्याउने गरी अस्थायी नाला निर्माणलाई तिव्र पारिएको गैडाकोट ४ का वडाअध्यक्ष कृष्ण प्रसाद न्यौपानेले जानकारी दिनुभयो । आइतवार दुई वटा जेसीवीले काम गरिएकोमा हिजो सोमवार चार वटा जेसीविले काम गरिएको हो । कोशी ग्यासको नजिक सम्म अस्थायी नाला खन्ने काम भएको र आजबाट ह्युम पाइप सहित भल निकासको कार्यलाई तिव्र पारिने उहाँको भनाई छ ।

अहिले पनि गैडाकोट ४ का अधिकाँश घरमा पानी पसेको छ भने जलमग्न भएका ठाउँहरुको पानी निकास हुन सकेको छैन । लगातार परेको वर्षाले झन् सतह वढ्दा स्थानीय चिन्तामा छन् ।

Share.

Leave A Reply