चोरामाराकी स्वास्थ्यकर्मीसँगको सम्पर्कमा रहेकाहरुको कोरोना रिपोर्ट नेगेटिभ

0

३० असार । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एक महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि सकलित अन्य सवै स्वावको रिपोर्ट नेगेटिभ आएको छ । उहाँको सम्पर्कमा आएका र नजिक रही काम गरिरहेकाहरुको स्वाव संकलन गरिएको थियो ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार असार २८ गते चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रबाट ३० जना र रजहरको आइसोलेसनमा कार्यरत १२ जना गरी ४२ जनाको नमुना संकलन गरि परीक्षण गरिएकोमा सवैको रिपोर्ट नेगेटिभ आएको हो ।

यस सँगै प्राथमिक स्वास्थ्य केन्द्रमा स्थगित गरिएको स्वास्थ्य सेवा सूचारु हुने चापागाइको भनाई रहेको छ । असार २८ गते २२ वर्षीय स्वास्थ्कर्मीमा कोरोना पुष्टी भएको थियो ।

 

उहाँ गत असार १५ गते देखि रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा कार्यरत रहनुभएको थियो । उहा सँगै मध्यविन्दुमा कोरोना संक्रमितको सख्या ४८ पुगेको थियो । ६ जना महिला र ४२ जना पुरुष संक्रमित भएका हुन् । नगरपालिकामा हालसम्म ३ महिला र ३० पुरुष गरी ३३ जना निको भइसकेका छन् ।

Share.

Leave A Reply