कालिका माविले विद्यार्थीहरुका लागि स्थानीय ठाउँमा सिकाई केन्द्र स्थापना गर्ने (कुराकानी सहित)

0

२९ असार । कालिका मावि गैडाकोट ८ ले लकडाउन र कोभिड १९ को समयमा पनि विद्यार्थीहरुलार्य शैक्षिक क्रियाकलापमा समावेश गराइरहेको प्रधानाध्यापक प्रजानाथ कडेँलले बताउनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले एसइइको आन्तरिक मूल्याङ्कन सकेर शिक्षा विकास तथा समन्वय इकाइ पठाइसकेको भन्दै यस पटक १४० जना विद्यार्थी एसइइको नतिजा पर्खाइमा रहेको बताउनुभयो ।

अहिले भौतिक दुरी कायम राख्नुपर्ने वाध्यता रहेका कारण विद्यार्थीहरुको सहजतालाई लिएर स्थानीय ठाउँमा सिकाई केन्द्रको स्थापना गरी पढाइलाई अघि वढाउने उहाँको भनाई छ । अहिले नमुना विद्यालय निर्माणका लागि भवनहरु निर्माणको काम जारी रहेको भन्दै कोरोना कारण एक महिना पछि गएपछि श्रावण महिनासम्म निर्माणको कार्य सक्ने लक्ष्य रहेको बताउनुभयो ।

 

त्यसरी निर्माण सकिनेमा भुई तल्ला सहित शैक्षिक भवन ३ तालको र प्रयोगशालाको भवन रहेका छन ।

Live Stream

कोभिड १९ महामारीमा सरकारी विद्यालयले विद्यार्थीलाई कसरी शैक्षिक गतविधिमा संलग्न गराइरहेको छ ?एसइइको आन्तरिक मुल्याङ्कन सकियो ? लगायतका विषयमा कुराकानी अतिथि ः प्रजानाथ कडेँल, प्रअ, कालिका माध्यामिक विद्यालयVijaya FM 101.6 MHzGaindakot-8,Nawalparasi, NepalTel: 078 – 501403/04/06/07Web: http://vijayafm.org.npEmail: info.vijayafm@gmail.com

Posted by 101.6 Vijaya FM on Sunday, July 12, 2020

Share.

Leave A Reply