गैंडाकोट ६ का ८० वर्षमाथिका ज्यष्ठ नागरिकलाई सम्मान

0

हरि सुवेदी , गैंडाकोट, २९ असार । गैडाकोट नगरपालिका वडा न ६ को जेष्ठ नागरिक संघले ८० वर्ष भन्दा माथि उमेर भएका जेष्ठ नागरिक लाई आज सम्मान गरेको छ । विजयनगर खानेपानी को सभाहलमा भएको कार्यक्रममा ४५ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको संस्थाका कोषाध्यक्ष अम्बर विरही गुरुङ ले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख छत्रराज पौडेलले ९६ बर्षकी खगीसरा पौडेल लाई दोसल्ला ओढाई , छाता ,लठ्ठी र पौष्टिक आहार प्रदान गरी सम्मान कार्यक्रमको शुरूवात गर्नु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, विजयनगर पम्पिङ खानेपानी का अध्यक्ष सुवास चापागाईं सहितको सहभागीता रहेका कार्यक्रममा संस्थाका सचिव खडानन्द चापागाईंले जानकारी सहित स्वागत मन्तव्य राख्नुभएको थियो ।

 

कार्यक्रम मा वडा नम्बर ६ भित्र रहेका ६ वटा टोल विकास संस्थाको समन्वय रहेको थियो । संस्थाका अध्यक्ष देवी प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण तेजेन्द्र चालिसेले गर्नुभएको थियो । जेष्ठ नागरिक संघ गैंडाकोट वडा नम्बर ६ ले यस भन्दा पहिले पनि वडा भित्र फलफूलका बिरुवा समेत वितरण गरेको थियो

Share.

Leave A Reply