देवचुली नगरपालिकाद्धारा पत्रकार महासंघ नवलपुरलाई कम्प्युटर सहयोग

0


२९ असार । नेपाल पत्रकार महासंघ पूर्बी नवलपरासी शाखालाई देबचुली नगरपालिकाले आज एक कायृक्रमका बीच एक थान कम्पुयटर प्रदान गरेको छ । देबचुली नगरपालिकामा आज आयोजित कार्यक्रममा देबचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नेपाल पत्रकार महासंघ पूर्बी नवलपरासी शाखाका अध्यक्ष होमराज रानाभाटलाई हस्तानतरण गर्नुभयो ।

सो क्रममा देबचुली नगरपालिकाका प्रमुख श्रेष्ठले पत्रकार हरु समाजका सच्चा पहरेदार भएकाले उनीहरुलाई थप आत्मबल बढाउन र स्वतन्त्र पत्रकारिता मार्फत समाजले नयाँ गति लिन सकोस भन्ने उद्देश्यले देबचुली नगरपालिकाले पत्रकार महासंघलाई कम्पुयटर सहयोग प्रदान गरेको बताउनुभयो ।

 

सो अबसरमा पत्रकार महासंघका अध्यक्ष होमराज रानाभाटले नवलपुरका पालिकाहरुले पत्रकार महासंघलाई गरेका सहयोग प्रति धन्यबाद ब्यक्त गर्दै देबचुली नगरपालिकाले गरेको सहयोग प्रति आभार ब्यक्त गर्नुभयो ।

Share.

Leave A Reply