कालिका चोकमा मनाइयो २०७ औँ भानु जयन्ती

0

२९ असार । गैंडाकोट नगरपालिका ८ मा रहेको भानु पार्कमा आज २०७ औँ भानु जयन्ती मनाइएको छ । झरी परेका कारण औपचारिक कार्यक्रम नभएपनि नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णु कुमारी कडँेल, साहित्यकार गोविन्द विनोदी लगायतको उपस्थितीमा आदिकवी भानुभक्तको स्मरण गरिएको आदिकवि भानुभक्त आचार्य उद्यान केन्द्रका उपाध्यक्ष अग्नीधर आचार्यले जानकारी दिनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख कडेँल र साहित्यकार विनोदीले कविता वाचन सहित राष्ट्रिय विभुती समेत रहनुभएका आचार्यको सम्झना गर्नुभयो । कार्यक्रममा भानुको शालिकमा नगरप्रमुख, उपप्रमुख, पार्कका अध्यक्ष प्रेमप्रसाद सापकोटाले माल्यार्पण समेत गरेर विस १८७१ सालमा जन्मिएर नेपाली साहित्यलाई उच्च योगदान दिनुभएका आचार्यले नै रामायणलाई नेपालीमा भावानुवाद गर्नृभएको थियो ।

Share.

Leave A Reply