नयाँ नीति कार्यक्रम बजेट कार्यान्वयन नगर्न काँग्रेस पक्षिय जनप्रतिनिधिको माग, वुझाए हस्ताक्षर

0

डोलराज रानाभाट, गैंडाकोट, २९ असार । गैंडाकोट नगरपालिकाका नेपाली काँग्रेस पक्षिय जनप्रतिनिधिहरुले नगरपालिकाको नयाँ आर्थिक वर्षको नीति कार्यक्रम र बजेट कार्यान्वयन नगर्न माग गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई हिजो हस्ताक्षर वुझाएका छन् । गत असार १६ गते नगरप्रमुख छत्रराज पौडेलले आर्थिक वर्ष २०७७÷०७८ को नीति कार्यक्रम बजेट सहित अन्य दुइृ विद्येयक वहुमतले पारित भएको घोषणा गर्नुभएको थियो ।

त्यस लगत्तै काँग्रेस पक्षिय जनप्रतिनिधिहरुले नगरप्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालावन्दी गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतको तालावन्दी उनीहरुले र नगरप्रमुख प्रमुख उपप्रमुख को कार्यकक्षको ताला जनजातीहरुले खोलेका थिए । असार १० गते प्रस्तुत नीति कार्यक्रम र बजेट अध्ययन गरेर असार १६ गते वसेको दोस्रो पटकको नगरसभामा आफूहरुले समय सान्दर्भीक सुझावहरु दिँदा पनि त्यसलाइ वेवास्ता गरी स्थानीय सरकार संचालन ऐनको दफा ७१ के प्रकृयालाई समेत मिचेको आरोप उनीहरुको छ ।

त्यस्तै सभा संचालन सम्वन्धी गण्डकी प्रदेशको कानूनको समेत अवज्ञा गर्दै नगर प्रमुखले नीति कार्यक्रम र बजेट वहुमतले पारित भयो भन्नुनै गलत भएको दावी गरिएको छ । वहुमत सदस्यहरुको जनतासँग सम्वन्धीत केही बजेट थपघट गर्न दिएको सल्लाह सुझावलाई वेवास्ता गरी नगरप्रमुखले आफूखुशी वहुमत भयो भनी गरेको घोषणा विधि विपरित रहेको दावी सहित त्यसको कार्यान्वनय नगर्न हस्ताक्षर मार्फत प्रमुख प्रशासकीय अधिकृतलाई अनुरोध गरिएको छ । हस्ताक्षर पत्रमा नीति कार्यक्रम र बजेट स्वीकृत गर्न वसेको कार्यपालिकाको ६५ औँ बैठकमा नोट अफ डिसेन्ट लेख्ने ८ जना सहित अन्य ९ जनाले समर्थन गर्दै नगरसभा सदस्यहरुको माग सम्वोधन हुनुपर्नेमा जोड दिएका छन् । ३९ जना नगरसभा सदस्यहरुले हस्ताक्षर गरी प्रमुख प्रशासकीय अधिकृतलाई वुझाएका छन् ।

कार्यक्रममा नेपाली काँग्रेसका नगरसभापति तारापति खरेल, क्षेत्रीय सभापति द्रोणवन सन्यासी, प्रदेश सभपाति खेमप्रसाद सापकोटा, तरुणदल नगर अध्यक्ष हरेराम सापकोटा र नेविसघ जिल्ला सचिव शुसिल काफ्लेको उपस्थिती थियो । कार्यपालिका सदस्यहरु र नगरसभाका सदस्यहरुको उपस्थितीमा तेजप्रसाद घिमिरले हस्ताक्षर वुझाउनुभएको थियो भने कार्यपालिका सदस्य कान्तिमाया पुरी गिरीले ६५ औँ कार्यपालिकाको बैठक देखि नगरसभा सम्मका निर्णय र उपस्थितीको माग गर्दै निवेदन दिनुभएको छ ।

 

 

Share.

Leave A Reply