रजहरको प्राकृतिक चिकित्सालयमा आज एकैदिन ४७ कोरोना संक्रमित निको भए,गैंडाकोटका ५ जना

0

२८ असार । नवलपुर जिल्लाको एक मात्र कोरोना अस्थायी अस्पताल रजहर प्राकृतिक चिकित्सालयबाट आज एकै दिन ४७ जनाले कोरोनालाई जितेका छन् । चिकित्सालयका निर्देशक डा. बिनोद पौडेलका अनुसार गत शुक्रबार संकलित १ सय ७ स्वाब पोखरा प्रादेशिक प्रयोगशालामा परीक्षण भएको र ४७ जनाको नतिजा नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको हो ।

अन्तिम पीसीआर रिपोर्ट नेगेटिभ आई डिस्चार्ज हुनेहरुमा गैंडाकोट नगरपालिकाका ५ जना, कावासोतीका १२ जना, मध्यविन्दुका ४ जना, देवचुलीका ४ जना, वौदिकालि गाउँपालिकाका ३ जना, बुलिङटार गाउँपालिकाका ४ जना, बिनयी त्रिवेणी गाउँपालिका ४ जना र हुप्सेकोट गाउँपालिकाका ११ जना निको भएको डा पौडेलले जानकारी दिनुभयो ।

आज निको भएका गैंडाकोटका वडानम्वर १ का ५३ वर्षीय पुरुष, ३ का २३ वर्षीय पुरुष, ३ कै ३५ वर्षीय पुरुष, गैडाकोट १२ का ५६ वर्षीय र गैडाकोट १३ का २३ वर्षीय पुरुष रहेका छन् । यो सँगै गैडाकोट नगरपालिकामा निको हुनेको सख्या ११ पुगेको छ ।

Share.

Leave A Reply