नगद सहित सिलाई मेशीन सहयोग

0

हरि सुवेदी,गैंडाकोट,२८ असार । गैंडाकोट नगरपालिका वडानम्वर ६ को महिला संजालले अति विपन्न २ जना महिलाहरुलाई १५ हजारका दरले नगद र एउटा सिलाई मेसिन सहयोग गरेको छ ।

चालु आर्थिक वर्षको महिला लक्षित कार्यक्रम अनुसार विपन्न भएपनि सिप र क्षमताले आफ्नो खुट्टामा उभिन सकुन भन्ने उद्देश्यले सहयोग गरेको वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उहाँले प्राप्त गरेको स्रोतको सही सदुपयोग गर्न सुझाव दिनुभयो ।

 

सो अवसरमा कार्यक्रमको सहजीकरण गर्दै महिला संजालकी अध्यक्ष इन्दीरा सापकोटाले वडाभित्रका विपन्न महिलाहरुलाई आर्थिक सम्पन्नता गराउँदै वडामा रोजगारी वढाउने र उद्यमशीलता वृद्धि गर्न आफूहरु निरन्तर लागिरहेको र त्यसमा वडाले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

Share.

Leave A Reply