पानी उमालेर मात्रै पिउनुहोस् ः गैडाकोट पम्पीङ

0

डोलराज रानाभाट, गैंडाकोट, २८ असार । गैंडाकोट पप्पीङ स्किम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले पानी उमालेर मात्रै पिउन नगरवासीलाई अनुरोध गरेको छ ।

लगातार परेको वर्षाका कारण भएको जलमग्नलाई निकास दिन वनाइएको अस्थायी नाला खन्दा खानेपानी पाइपमा पनि क्षती हुन पुगेकोले कम्तिमा एक साता पानी उमालेर मात्रै पिउन संस्थाले अनुरोध गरेको छ ।

 

व्यवस्थापक रविन्द्रराज घिमिरेले आज एक सूचना जारी गर्दैै क्षती भएको पाइपलाईन मर्मतको काम सकिएको तर धारामा आएको पानी कम्तिमा एक साता उमालेर प्रयोग गर्न आग्रह गर्नुभयो ।

Share.

Leave A Reply