गैंडाकोट ढोडेनी सडक अवरुद्ध

0

डोलराज रानाभाट, २८ असार । शनिवार राति परेको अविरल बर्षा कारण कालीगण्डकी कोरिडोर अन्तरगत ढोडेनि सडक खण्ड अवरुद्ध वनेको छ । ठूलो पहिरो गएर सडक अवरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य जारी रहेको वडाअध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो । सडकमा दर्जन भन्दा वढि पहिरो गएको र ठूला रुख तथा ढुँगाहरु वटोमा खसेको थियो । वाटो वअरुद्ध भएपछि करिडोर आयोजनालाई खवर गरी अहिले पहिरो पन्छाउने कार्य भइरहेको वडाअध्यक्ष तिवारीले बताउनुभयो ।

थप पानी नपरे र पहिरो नगए साँझ साँढे ७ बजेभित्र सकड संचालनमा आउने उहाँको दावी छ । तर अहिले फेरि पानी परिरहेको छ । त्यस्तै पहिरोले विद्युत पोल लडाएपछि विद्युत सेवा अवरुद्ध छ ।

 

विद्युत मर्मतको कार्य भोलि बाट सुरु हुने समेत वडाअध्यक्ष तिवारीले जानकारी दिनुभयो । साथै वडा अध्यक्ष तिवारीले बर्षायाममा हुन सक्ने सम्भावित दुर्घटना लाई न्यूनीकरण गर्न तर्फ सचेत रहन पनि सवैलाई आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply