गैंडाकोटका विभिन्न क्षेत्रमा डुवान (फोटो फिचर)

0


असार २८, गैंडाकोट
लगातारको बर्षा संगै गैंडाकोटका विभिन्न स्थान डुवानमा परेका छन । केहि दिनदेखि भरी परिरहेको भएपनि गयराती परेको बर्षाका कारण डुवान भएको हुनसक्ने स्थानीयले बताएका छन । डुवान भएका स्थानमा जनप्रतिनिधिले उद्धार र पानी कटानका लागि त्यति चासो नराखेको स्थानीयको आरोप रहेको छ । यता गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौंडेलले विजय एफएम संग कुराकानी गर्दै आफु स्थलगत अनुगमनकै क्रममा रहेको जानकारी दिनुभएको छ । गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीले विजय एफएमलाई गैंडाकोटको कालीगण्डकी चाृकमा पनि डुवान रहेको जानकारी दिनुभयो । यस्तै गैंडाकोट ४ वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले के कसरी काम गर्ने र के गर्ने आफु तयार रहे पनि समस्या आएको तर काम गर्ने बताउनुभएको छ ।
व्यवस्थित ढल र भल निकास सहित बिकासका पूर्वाधार निर्माण नगर्दा डुवानको समस्या बर्षेनी आउने गरेको स्थानीयले बताएका छन

Share.

Leave A Reply