बर्षाको कारणले दुर्घटना हुनसक्ने भन्दै बिद्युत लाईन काटियो, बिद्युतको पोलहरु ढलेको र ढल्न लागेको देखे जानकारी गराउन आग्रह  

0


असार २८, गैंडाकोट ।
गैंडाकोट विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाले आज गैंडाकोटका बिभिन्न स्थानामा बिद्युत लाईन काटेको जनाएको छ । केहि दिनदेखीको लगातार बर्षासँगै आएको बाढीका कारण दुर्घटना हुनसक्ने भन्दै बिद्युत लाईन काटीएको गैंडाकोट विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभएको छ । गैंडाकोट २ नमस्तेचोक, २०० केभएि, गैंडाकोट ४ कालगिण्डकी चोक, २०० केभएि , गैंडाकोट ४ सिद्दार्थ चोक, १०० केभएि गैंडाकोट ५ आदर्श चोक, १०० केभएि गौंडाकोट ५ फ्यामीली क्योफे चोक, २०० केभएि को लाईनका बिद्युत काटिएको जनाईएको छ । अहीले सम्म केही अप्रयि घटना नभएको र केही समय पश्चात सम्पुर्ण फिल्डिङ निरिक्षण गरी लाईन प्रसारण गरिने गैंडाकोट विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले जानकारी दिनुभएको छ । यसबाट ग्राहक महानुभावहरुमा पर्न गएको असुबधिा प्रती नेपाल बिद्युत प्राधिकरण कावासोती वितरण केन्द्र ९ गैंडाकोट प्रशाखा क्षमा प्रार्थी रहेको जनाएको छ । सबैलाई सचेत रहन आग्रहका साथै कहि कतै बिद्युतको पोलहरु ढलेको र ढल्न लागेको भए बिद्युत कार्यलयको टेलिफोन ०७८५०१०३६ , एफएममा , प्रहरी कार्यलय वा सम्बन्धित निकायमा खबर गरिदिनुहुन गैंडाकोट विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाका प्रमुख सुजन रिजालले आग्रह गर्नुभएको छ ।

Share.

Leave A Reply