सिवाइसी सहकारीले ल्यायो एटीएम सेवा

0

रामप्रसाद घिमिरे बागलुङ , असार २७ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड १९ ले देश बन्दाबन्दी भएको समयमा बागलुङको सबैभन्दा ठुलो सहकारी संस्था सिवाईसी सहकारीले आफ्नो शेयर सदस्यलाई बैंक सरह बित्तिय सुविधा प्रदान गर्न सुरूवात गरेको छ । बागलुङ जिल्लामा सबैभन्दा बढी शेयर सदस्य भएको सिवाइसी सहकारी संस्थाले युवा पुस्तालाई सहकारी संस्थामा आकर्षित गर्ने उदेश्यले धौलागिरि अन्चलमै पहिले पटक एटीएम सेवा संचालन गरेको छ । एटिएम काउन्टरको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले उद्घाटन गरेका थिए ।

वित्तीयसँगै प्रविधिको विकासमा सहकारीले मारेको फड्को प्रसंसा योग्य रहेको भन्दै ढुङगानाले गरिवि निवारणमा सहकारीको भुमिका महत्वपुर्ण रहेको वताए । सहकारीका सदस्यलाई आर्थिक भुक्तानी सहज गराउने उद्देश्यले एटीएम सेवा सञ्चालन गर्नु सुखद पक्ष रहेको भन्दै सिवाईसीले ल्याएको सदस्य मैत्री सेवा अन्य सहकारीले सिको गर्नुपर्ने बताए । कोरोना भाइरस कोभिड १९ को कारणले सारा बिश्व आक्रान्त बनिरहेको बेला सहकारी संस्थाले शेयर सदस्यलाई सहकारी मार्फत आर्थिक कारोवार गर्न अझै सहज होस भन्ने उद्देश्यले एटीएम सेवा सुरू गरेको सिवाइसी सहकारी संस्था लिमिटेडका अध्यक्ष चण्डी प्रसाद शर्माले बताए । पहिलो चरणमा २५१ जना लाई एटीएम कार्ड लिएर कारोवार शुरू गरेका छन् ।

कार्यक्रममा ,राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हुमा कुमारी जिसीले सहकारी शेयर सदस्यको भावना अनुसार अगाडि बढ्न सक्नुपर्ने धारणा राखिन ।
कार्यक्रममा उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष युवराज राजभण्डारी ,जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले बैंक तथा बित्तिय संस्थाले सहकारीहरूको नकारात्मक प्रचारप्रसार गरिरहेको समयमा बागलुङको सहकारीले बैंकले दिने सेवा सुविधा दिनु सकारात्मक पाटो भएको बताए ।

कार्यक्रममा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष पार्वती आचार्य ,नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष , सहकारीका पुर्व सल्लाहकार देवबहादुर श्रेष्ठ लगाएतले वोलेका थिए ।

गण्डकी प्रदेशमै पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक सहकारी संस्था लिमिटेड गण्डकी प्रदेशको बागलुङ जिल्लामा मुख्य शाखा सहित १० वटा सेवा केन्द्र मार्फत सहकारीको काम कारोवार गर्दै सहकारीले शेयर सदस्य र शेयर पुजी रहेको छ । सहकारीले गण्डकी प्रदेशका सहकारी मध्य पहिलो पटाक आ।व २०७७र०७८ को प्रस्तावित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । संस्थागत पँजीमा रहके रमक मध्य १ करोड ५० लाख उद्यम गर्न चाहने युवा तथा फरक क्षमता भएका र अति विपन्न सदस्यहलाई आयआर्जनमुलक कार्यको लागि सहुलियत दरमा ऋण प्रदान गरिने जनाएको छ । आर्थिक अवस्था कमजोर भएका जहेन्दार विद्यार्थीहरुलाई सहुलियत दरमा सर्टिफिकेट ऋण उपलब्ध गराइने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आ।व। २०७७÷७८ को अन्तसम्ममा संस्थाको एक्शेस व्राण्डका ८६ वटा सूचकहरुलाई सवल बनाउँदै नेफ्स्कूनको प्राविधिक सहयोगमा एसियाली ऋण महासंघद्वारा विगत ५ वर्षदेखि संचालित एक्शेस व्राण्डका कार्यक्रममा प्रमाणिकरण गरी एसियास्तरको व्राण्ड प्राप्त गर्ने लक्ष्य लिइएको छ ।

संस्थाको प्रभावकारी वित्तीय व्यवस्थापन तथा आय वृद्धि गर्न आधार दर, फरकता दर, प्रतिस्पर्धी बजार दरको विश्लेषण गरी ऋणमा न्यूनतम ११ प्रतिशत र अधिकतम १३ प्रसतिशतमा नबढ्ने गरी मूल्य ९ब्याज० निर्धारण गरिने जनाएको छ । आगामी बर्ष दशवटै स्थानीय पालिकामा सहकारीको सेवा केन्द्र स्थापना हुने बताइएको छ । त्यस्तै सबै सेवा केन्द्रबाट रेमिट्यान्स कारोवार पनि संचालन गर्ने बताइएको छ । सदस्यको सन्तुष्टी जाँच गर्न हरेक बर्ष १० प्रतिशत शेयर सदस्यको सन्तुष्टी सर्भे गर्ने लक्ष राखिएको छ । शनिवारदेखि सहकारीले एटिएम सेवा पनि थालेको छ । एटिएमबाहेक एसएमएस सेवा, क्युआर कोडमार्फत भुक्तानी सेवा पनि यसअघिनै थालिसकेको थियो । सहकारीले ऋणको प्रकारलाई बिभाजन गरेको छ । जस अनुसार औद्योगिक ऋण ८ प्रतिशत, व्यपार तथा व्यवसाय ऋण २५ प्रतिशत, कृषि ऋण ३० प्रतिशत, शैक्षिक ऋण ४ प्रतिशत तथा सम्पत्ति खरिद र मर्मत ऋणमा २० प्रतिशत बिनियोजन गरिने बताइएको छ । त्यसबाहेक युवा स्वरोजगार, लघुउद्यम ऋण, कर्मचारी सहुलियत ऋण समेत राखिएको छ ।

सिवाईसीमा असार मसान्तसम्म २० करोड शेयर पूँजि रहेकोमा आगामी बर्ष २४ करोड पु¥याउने लक्षसहित ३ अर्ब ५ करोडको अनुमानित कारोवारको तथ्यांक प्रस्तुत गरिएको थियो । सहकारी संग १ अरब २ करोड २६ लाख ७२ हजार ४ सय ६७ रूपैयाँ बचत निक्षेप ऋण लगानी ८४ करोड ३९ लाख ६६ हजार ९० रूपैयाँ सहकारी को कुल सम्पत्ति १ अरब ४३ करोड १९ लाख ८५ हजार २१५ रूपैयाँ रहेको छ सहकारीले जनाएको छ । कार्यक्रम सिवाइसी सहकारी संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता ,सहसचिव सुवास आचार्यको स्वागत ,सल्लाहकार निर्माण कुमार श्रेष्ठको धन्यवाद मन्तव्य र प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

Share.

Leave A Reply