गैंडाकोट नगरप्रमुख पौडेल विद्युत र सडककोे कामप्रति सन्तुष्ट

0


असार २७, गैंडाकोट
गैंडाकोट  नगरप्रमुख छत्रराज पौडेलले सक्रियतापुर्वक समयमै काम गरेको भन्दै कर्मचारीलाई धन्यबाद ज्ञापन गर्नुभएको छ । नगरप्रमुख पौडेलले विद्युत प्राधिकरण गैंडाकोट र बुटवल नारायण सडकखण्ड अन्तर्गत रहेर काम गर्ने कर्मचारीलाई विजय एफएमसंग कुराकानी गर्दै धन्यबाद दिनुभएको हो ।
नगरवासीले कुनै पनि असुबिधा भोग्न नपरोस भन्ने चाहाना रहेको र आएका समस्यामा तिब्र रुपमा काम हुदा आफुलाई खुशी लागेको उहाँले बताउनुभएको छ । शुक्रबार राष्ट्रिय प्रशारणबाट नै नवलपुर संगै गैंडाकोटमा अवरुद्ध बनेको विद्युत संचालन गर्न विद्युत प्राधिकरण गैंडाकोट प्रशाखाको सक्रियता प्रति आफु खुशी भएको भन्दै नगरप्रमुख पौडेलले आगामी दिनमा पनि यसरी नै काम गर्न आग्रह गर्नुभएको छ ।
यस्तै शनिबार थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएर अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट खण्डमा पुनः डाइभर्सन बनाएपछि गाडी चल्न थालेको छ , यस काम पनि समयमै भएको र जनताले धेरै सास्ती पाउन नपरेको बताउनुभएको छ । नगरपालिकाका हरेक क्षेत्रको विकास र समस्या समाधानमा हरेक व्यक्ति जिम्मेवार बनेर अगाडी बढ्न सके समृद्ध नगर बनाउने सपना छिट्टै पुरा हुने पौडेलको भनाई छ ।

Share.

Leave A Reply