मनकारी रिमाल दम्पत्तीद्वारा ३० हजार बराबरको घरभाडा छुट

0


असार २७, गैंडाकोट
गैँडाकोट नगरपालिका वडा नं ५ बसोबास गर्दै आएका रिमाल दम्पत्तीद्वारा ३० हजार बराबरको घरभाडा छुट दिनुभएको छ ।

शैक्षिक एवम् सामाजिक व्यक्तित्व गोविन्द रिमाल र हिरा रिमाल दम्पतीले नेपाल सरकारले गरेको आग्रहलाई स्वीकार गर्दै ३० हजार बराबरको घरभाडा छूट गरेका छन् । बाँच र बचाउ भन्ने सिद्धान्तलाई आत्मसाथ गर्दै लकडाउन अवधीमा बन्द रहेको सुलभ हार्डवेयरका सञ्चालक शिवप्रसाद लामिछानेलाई सो रकम छुट गरेको रिमाल दम्पतीले बताउनुभएको छ । कोरोना भाईरसको संक्रमण कम गर्न सरकारले लकडाउन गरेको छ । लकडाउनले हरेक क्षेत्र संगै व्यापार व्यवसायलाई पनि प्रभावित गरेको हुनाले आफुले छुट दिएको रिमालले बताउनुभयो ।

मनकारी गोविन्द रिमाल नारायणी मावि. र एसपीएम कलेज तथा उहाँकी श्रीमती हिरा रिमाल विजय सामुदायिक शिक्षा सदनमा अध्यापनरत हुनुहुन्छ ।

Share.

Leave A Reply