दुधमा २५ पैसा अनुदानवापतको २४ लाख २१ हजार किसानहरुलाई हस्तान्तरण

0


डोलराज रानाभाट, २७ असार ।।
गैंडाकोट नगरपालिकाको पशु सेवा शाखाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार दुग्ध किसानहरुका लागि मात्रै २४ लाख २१ ह्जार १ सय ३३ रुपैया अनुदान शुक्रबार हस्तान्तरण गरेको छ । नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णु कुमारी कडँेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, शाखा प्रमुख डा प्रमोद कुमार पौडेल, अधिकृत रमेश ज्ञवाली लगायतको उपस्थितीमा शुक्रबार हस्तान्तरण गरिएको । नगरपालिकाका ६ वटा दुग्ध सहकारीमा सकलित कुल ९६ लाख ८४ हजार ५ सय ३४ लिटर दुध उत्पादन भएकोमा उक्त दुधको प्रति लिटर २५ पैसाका दरले सो रकम अनुदान हस्तान्तरण गरिएको हो । धेरै अनुदान प्राप्त गर्नेमा गैडाकोट ११ को नवज्योति दुग्ध सहकारीले ४० लाख ९२ हजार ९२६ लिटर दुध उत्पादन गरेर १० लाख २३ हजार २३१ रुपैया अनुदान प्राप्त गरेको छ ।

त्यस्तै ५० प्रतिशत अनुदानको मिल्किङ मेसिन ३ जना किसानलाई ३ लाख रुपैया, ५० प्रतिशत अनुदानमा माछा पोखरी निर्माण तथा सुधारका लागि दुई जना किसानलाई ५० हजार ५० हजार, ७५ प्रतिशत अनुदानमा च्यापकटर ट्याक्टरबाट चल्ने थ्रेसर मेशिनका लागि एक कृषक समुहलाई २ लाख रुपैया, ५० प्रतिशत अनुदानका लागि बंगुर खोर निर्माणका लागि तीन जना कृषकलाई २० हजारका दरले ६० हजार, ५० प्रतिशत अनुदानमा गाई भैसीको गोठ निर्माण तथा सुधारका लागि ८ जना किसानलाई २० हजारका दरले १ लाख ६० हजार र ५० प्रतिशत अनुदानमा बाख्रा खोर निर्माण तथा सुधारका लागि १० जना किसानलाई १० हजारका दरले १ लाख रुपैया अनुदान रकम आज चेक काटेर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख छत्रराज पौडेलले किसानको परीश्रमलाई सधैँ सम्मान गर्ने र अझै प्रोत्साहीत गर्न अनुदान कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । संघीय सरकारले सहयोग गरेमा छिट्टै दुधबाट वन्ने विभिन्न परिकार निर्माण गर्ने कम्पनी स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । नगर उपप्रमुख विष्णुकुमारी कडेँलले मेहनत गर्ने किसानहरुलाइ थप हौसला दिन अनुदान दिएको बताउँदै नयाँ किसानहरुलाई पनि मेहनत गर्दा नगरले सम्मान गर्ने रहेछ भन्ने वुझाउन पनि सहज हुने हुँदा अनुदान कार्यक्रम फलदायी रहेको बताउनुभयो ।

Share.

Leave A Reply