गैंडाकोटमा अवरुद्ध सडक खुल्यो , साना सवारी संचालनमा ।।

0


असार २७, गैंडाकोट
पुर्वपश्चिम रार्जमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि अवरुद्ध सडक अहिले सञ्चालनमा आएको छ । ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाका अनुसार साना सवारी सहज रुपमा सञ्चालनमा आएको जानकारी दिनुभएको छ । अन्य सवारी साधन भने केहि समयपछि सञ्चालनमा आउने पनि उहाँले बताउनुभयो । बिहीवार देखि परेको वर्षाले पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि वाटो अवरुद्ध भएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन वाढीले बगाइदिएको थियो ।

Share.

Leave A Reply