गैंडाकोटको थुम्सीमा वाढीले डाइभर्सनको माटो बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध

0


२७ असार ।

बिहीवार देखि परेको वर्षाले पूर्व पश्चिम राजमार्गमा पर्ने गैंडाकोटको थुम्सीमा राखिएको डाइभर्सनमा रहेको माटो बगाएपछि वाटो अवरुद्ध भएको छ । बाटो विस्तारका क्रममा राखिएको अस्थायी डाइभर्सन वाढीले बगाइदिएको हो । इलाका प्रहरी कार्यालय गैंडाकोटका अनुसार राति ४ बजेदेखि वाटो अवरुद्ध छ । अहिले पूर्व पश्चिम राजमार्ग अन्र्तरगत रहेर निर्माणको कार्य भइहरेको छ । कति बजेसम्म खुल्न सक्छ भन्न नसकिने प्रहरीको भनाई छ । यस अघि पनि वाटो साघुरो भएको भन्दै नयाँ कल्भर्ट हालिएको थियो । उक्त समय पनि धेरै घण्टा जाम परेको थियो ।

नारायणगढ बुटवल सडक खण्ड विस्तार आयोजनाको कार्य जारी रहदा अस्थायी रुपमा वनाइएको कल्भर्ट त्यहि रहेको र तर त्यसमा राखिएको माटो वगाएको र पहिरो गएपछि अहिले ह्युम पाइपहरु मात्रै वाँकी रहेको छ । अहिले विरामीका लागि भरतपुरबाट एम्बुलेन्ससँग सहकार्य गरि विरामीलाई अस्पताल पु¥याउने बातावरण मिलाईएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिनुभयो । उहाँले निर्माण कम्पनीसँग समन्वय र कुरा भएकाले आएको १/२ घण्टामा बाटो खुल्ने पनि बताउनुभयो । बाटो अवरुद्ध बनेपछि भने समस्या भएको चालकहरुले बताएका छन । बाटो अवरुद्ध भएसंगै सवारी साधनको जाम भएको छ । मोटरसाईल लगायतका सवारी साधन भने खोलाबाट नै वारपार गराएको पनि देख्न सकिन्छ ।

Share.

Leave A Reply