गैंडाकोट नगरप्रमुख पौडेलको नदी तटीय क्षेत्रका जनतालाई विशेष सतर्कता अपनाउन आग्रह

0


असार २६, गैंडाकोट

गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले नदी तटीय क्षेत्रका जनताले विशेष सतर्कता अपनाउन आग्रह गनुृभएको छ । नगरपालिकाकाले विपद व्यवस्थापनमा रहेर नदीबाट प्रभावित हुन सक्ने जनताका लागि अस्थायी वसोवासको व्यवस्था मिलाएको विजय एफएमसँगको कुराकानीमा बताउनुभएको छ । अहिले गैडाकोट २ का नारायणी नदी किनारका वस्ती नजिक पानी पुगेको छ । तर स्थानीयले अहिले नै सर्नुपर्ने अवस्था नरहेको बताउँदै जनप्रतिनिधि प्रहरीले देखाउनुभएको चासो प्रति आभार व्यक्त गर्नुभएको छ । नगरप्रमुख छत्रराज पौडेलले गैंडाकोट २ बोटेटोलमा डुवान भएमा महेन्द्र स्मारक विद्यालयमा र मौलाकालि सामुदायीक बन भवनमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ भने गैंडाकोट ७ मा बाढी र डुवानले नगरवासी समस्यामा पर्न सक्ने भएकाले कालीका संस्कृत विद्यापिठ र नन्दन सामुदायीक वनकोे भवनमा वस्ने व्यवस्था मिलाउन निर्देशन दिईएको बताउनुभयो । उहाँले नगरका अन्य स्थानमा रहेका बाढी र डुवानमा परेका नगरवासीका लागि पनि उचित व्यवस्था गरिने नगर प्रमुख पौडेलको भनाई छ । कुनै समस्या भए जनप्रतिनिधि र प्रहरीलाई खवर गर्न उहाँको आग्रह छ ।

Share.

Leave A Reply