होटल व्यवसायी डाडु पन्यु लिएर सडकमा आउने अवस्था आयो ः अध्यक्ष कार्की (कुराकानी सहित)

0

२६ असार । मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैडाकोटका अध्यक्ष हरि क्षेत्रीले होटल व्यवसायी अव रित्तो डाडु पन्यु लिएर सडकमा आउनुपर्ने अवस्था आएको बताउनुभएको छ ।

चैत्र ११ देखिको लकडाउनका कारण होटल व्यवसाय पूर्ण रुपमा ठप्प भएको र कुनै पनि आम्दानी हुँदा सरकारले समेत अनुदान सहित कुनै पनि सम्वोधन नगरेकाले अवस्था दयनीय भएको बताउनुभयो । गैंडाकोट नगरपालिका भित्र विभिन्न श्रेणीका ५६० वटा होटलहरु रहेको र सवै ठप्प अवस्थामा रहदा वैँकको ऋण, सरकारलाई कर, विद्युतका महसुल तिर्न नै कठीन हुँदा पनि सरकारले कुनैपनि सम्वोधन नगरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै अध्यक्ष क्षेत्रीले भन्नुभयो,“बैँकले व्याज छुट दिनुपर्छ । घर भाडा, विद्युत महसुल र करमा छुट हुनुपर्छ । त्यसो भए केही राहत मिल्छ अन्यथा रित्तो डाडु पन्यु लिएर सडकमा आउनुपर्ने अवस्थामा पुगेका छौँ ।”

१० वटा ठूला होटलहरु,१५० वटा मmभौला तथा ४०० सना होटलहरुबाट हुने कुल कारोवार १५ लाख ७५ हजार दैनिक गुमाउनु परेको उहाँले बताउनुभयो । ठूला होटलहरुले दैनिक १ लाख, मझौला होटलहरुले २५ हजार र साना होटलहरुले देििनक ५ हजारको कारोवार हुने भएपनि अहिले सवै ठप्प रहेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

 

असार मसान्त आउदै गर्दा वैँकहरुले दिने गरेको ताकेताले पनि व्यवसायी थप तनावमा रहेको भन्दै होटल व्यवसयीहरुको समस्या समाधानमा पहल गरिदिन उहाँको अनुरोध छ ।

कोभिड १९ र लकडाउनले होटल क्षेत्रमा परेको असर र यसलाई संचालनमा हुनुपर्ने प्रयास के के हुन् ?मुकुन्दसेन मौलाकालिका होटल व्यवसायी संघ गैडाकोटका अध्यक्ष हरि क्षेत्री

Posted by 101.6 Vijaya FM on Thursday, July 9, 2020

Share.

Leave A Reply