नारायणगढको शहिदचोक स्थित औषधिको गोदाममा आगलागी, करिव डेढ करोडको क्षती

0

२६ असार । नरायणगढको शहिदचोक भित्र कमलनगरमा रहेको एक औषधि भण्डारमा आगलागी हुँदा करिव १ करोड ५० लाख वरावरको क्षती भएको प्रारम्भिक अनुमान रहेको र आज सम्म थप विवरण प्राप्त हुने चितवन प्रहरीले जनाएको छ । एकीन विवरण आज सम्म आउने बताउँदै प्रारम्भिक अनुमानमा उक्त रकम वरावरको क्षती भएको हो ।

हिजो नारायणगढको शहिदचोक स्थित कमलनगरमा रहेको टिकाराम सुवेदीको चार तले घरको दोस्रो तलामा रहेको मेडिमिक्स इन्टरप्राइजमा करेन्ट सर्ट भएर आगलागी भएको थियो ।

औषधिको गोदाममा विद्युत सर्ट भई आगो लागेको थियो । भिषण रुपमा फैलिएको आगो करिव साँढे ३ घण्टा लगाएर नियन्त्रणमा लिइएको थियो । । स्थानीय, नेपाल प्रहरी र भरतपुर महानगरपालिकाको  दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Share.

Leave A Reply