नारायणी नदीको वहाव वढ्यो, उच्च सतर्क रहन आग्रह

0

२६ असार । लगातार भएको वर्षाका कारण नारायणी नदीको वहाव वढेको छ । हिजो देखि परेको झरीले ठूलो वाढि पहिरो आउन सक्ने भन्दै नदी तटीय क्षेत्र र पहाडी भेगमा वसोवास गर्नेहरु सतर्क रहेर वस्न आग्रह गरिएको छ ।

पछिल्लो ३ घण्टामा परासी वर्दघाट, डण्डा बजार र नवलपरासी पूर्वका धेरै स्थानमा भारी वर्षा मापन भएको र थप वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले वर्दघाट क्षेत्रमा वग्ने नारायणी नदीको वहाव उच्च देखाएको छ । म्यासेज मार्फत सन्देश पठाएर सचेत हुन भनिएको हो । त्यस्तै अरुणखोला, गिरुवारी खोला र नवलपुरको अन्य धेरै खोला तथा साना नदी तटीय क्षेत्रमा बाढि आउन सक्ने भन्दै सतर्क रहन महाशाखाले अनुरोध गरेको हो ।

यता इलाका प्रहरी कार्यालय गैडाकोटले पनि नारायणी नदी तटीय क्षेत्रका जनतालाई सुरक्षित भई वस्न आग्रह गरेको छ । यदि कुनै समस्या भयो भने नजिकका जनप्रतिनिधि वा प्रहरीलाई खवर गर्न आग्रह गर्दै आफूहरुले पनि निगरानी जारी राखेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख इन्सपेक्टर चन्द्र वहादुर थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply