सिएमसीले २ लाख ७५ हजार छुट दिएपछि गैंडाकोट ३ का बलबहादुर अस्पतालबाट डिस्चार्ज

0

माया कंडेल,२४ असार , गैंडाकोट । गैंडाकोट ३ का बलबहादुर सिञ्जाली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गैंडाकोट ३ का सिञ्जाली आगोले पोलेर उपचारका क्रममा चितवनमा रहेको चितवन मेडिकल कलेज सिएमसि जानुभएको थियो । रकम अभावमा अस्पतालबाट डिस्चार्ज हुन सक्नुभएको थिएन ।

गैंडाकोट ३ का वडाध्यक्ष शिवकान्त तिवारीको अगुवाईमा केही रकम सहयोग संकलन र केही रकम अस्पतालले उपचार खर्च छुट दिदा सिञ्जाली अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । बिगत ६ महिनादेखी अस्पतालमै रहनुभएका बलबहादुर सिञ्जाली घर आउन पाउदा खुशी हुनुभएको छ । करिव २ लाख सहयोग रकम सकंलन गरिएको वडाध्यक्ष तिवारीले जानकारी दिनुभयो ।

 

उहाँले अस्पतालको फार्मेसीमा ८९ हजार ५ सय ५० रुपैया, अस्पताललाई १ लाख १० हजार रुपैया बुझाएको र सिएमसी अस्पतालले मानवीय धर्म सम्झेर करिव २ लाख ७५ हजार छुट दिएकाले सिञ्जाली घर आउन सक्नुभएको वडाध्यक्ष तिवारीले बताउनुभयो । उहाँले सहयोगका लागि सिएमसि अस्पताल परिवार र अन्य सहयोगीदातालाई धन्यबाद सहित आभार व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply