गैंडाकोटमा साँझपख थप १ जनामा कोरोना संक्रमण पुष्टी, कुल ३२ पुग्यो

0

२४ असार, गैंडाकोट । गैंडाकोट नगरपालिकामा आज ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सोमबार संकलन गरिएका ६६ वटा स्वाब मध्ये गैंडाकोटका २ जनामा संक्रमण पुष्टि भएको हो भने गत आइवार संकलन गरिएको २६ स्वाव मध्येबाट गैडाकोट १३ का एक जनामा कोरोना पुष्टी भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

 

गत सोमबार संकलन गरीएका ६६ स्वाब हेटौंडा प्रयोगशालामा परीक्षण गरिएको हो भने आइतवार संकलित स्वाव भरतपुरमा परीक्षण गरिएको थियो । हेटौँडामा गरिएको मध्ये २ जनामा कोभिड १९ संक्रमण पाईएको हो भने बाँकी ६४ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ भने चितवनमा परीक्षण गरिएको २६ मध्ये १ जनाको वाहेक २५ वटा रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभयो । संक्रमितहरु गैंडाकोट वडा नम्वर १ का २० वर्षका किशोर, गैंडाकोट ८ का ५७ वर्षका पुरुष र गैंडाकोट १३ का ३१ वर्षीय पुरुष रहेको जनाईएको छ । २० वर्षका किशोर असार १७ गते दुबईबाट आई क्वारेन्टाईनमा बसेका थिए भने ५७ वर्षका अर्का पुरुष असार १५ गते भारतको दिल्लीबाट आई क्वारेन्टाईनमा बसेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

 

गैंडाकोट १३ का व्यक्तिको थप विवरण आउन वाँकी छ । योसँगै गैंडाकोटमा संक्रमित हुनेको संख्या ३२ पुगेको छ भने नवलपुरमा संक्रमण पुष्टि हुनेहरुको संख्या २ सय ६१ पुगेको छ ।

Share.

Leave A Reply