एजेन्टको सूचनामा बढि भरपर्दा ठगि

0


प्रेम क्षेत्री
असार २४, गैंडाकोट । वैदेशिक रोजगारीमा जाने युवाहरु एजेन्टको सूचनामा बढि भरपर्दा ठगिमा पर्ने गरेको पाइएको छ । नवलपुरमा १ वर्षको अवधिमा कावासोतीका ५१ जना, मध्यविन्दुका ३१, गैंडाकोटका १९, विनयीत्रिवेणीका ३ र अन्य जिल्लाका ५३ समेत गरि १५७ जना ठगिमा परेका छन् । यो बाहिर आएका घटना हुन् । समाजमा आफन्तबाटै ठगिएका र पैसा उठ्ने आशमा बसेका कतिपयले भने यस्ता घटना बाहिर ल्याएका छैनन् । बुधबार कावासोतीमा आयोजित पत्रकार सम्मेलनमा हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफका कार्यकारी निर्देशक सुरविर स्थापितले हेर्दा सामान्य लागेपनि वैदेशिक रोजगारीले निम्त्याउने समस्या डरलाग्दो रहेको बताउनुभयो । अझै सबै जिल्लामा सूचना पु¥याउन नसकिएको वर्तमान अवस्थामा सञ्चार माध्यमको भुमिका अह्म हुने उहाँको भनाई छ । वैदेशिक रोजगारलाई मर्यादित बनाउन पालिका स्तरमा कार्यक्रम र योजना ल्याईएपनि यसको प्रभावकारिता महत्त्वपूर्ण विषय रहेको उहाँले बताउनुभयो ।
सुरक्षित आप्रवासन परियोजनाका कार्यक्रम संयोजक रितुराम सोतीले परियोजनाका वर्षभरिको प्रगति तथा वैदेशिक रोजागारीको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँले जिल्लामा परियोजना अवधिभर वैदेशिक रोजगारीका १५ सय ४४ वटा समस्यामा परेका केशहरु आएको बताउनुभयो । यसवर्ष आप्रवासी स्रोत केन्द्रमा २०७ जनाको उजुरी परेको उहाँको भनाई थियो । जसमध्ये अघिल्ला वर्षका समेत गरि १२८ केशहरु समाधान भई २ करोड ५५ लाख ४ हजार क्षतिपुर्ती दिलाउन समेत सफल भएको उहाँले बताउनुभयो । उहाँका अनुसार १ सय ५७ जनाले वैदेशिक रोजगारीका सिलसिलामा ठगिमा परेको भन्दै उजुरी दिएका छन् । जसमध्ये ८५ वटा समाधान गरिएको उहाँले बताउनुभयो ।


केन्द्रका परामर्शदाता रञ्जना लम्सालले यस आर्थिक वर्षमा वैदेशिक रोजगारीका सिलसिलामा १७ वटा मृत्युका केश आएको बताउनुभयो । जसमध्ये ११ वटा शव केन्द्रको पहलमा नेपाल झिकाउन सफल भएको उहाँले बताउनुभयो ।
मनोपरामर्शदाता शुभ रानाले यसवर्ष ५२ जनालाई व्यक्तिगत र ३२९ जनालाई सामुहिक रुपमा मनोसामाजिक परामर्श सेवा उपलव्ध गराईएको बताउनुभयो । परामर्शदाता यमकुमारी राना विनुले स्वागत गर्दै यसवर्ष आप्रवासी स्रोत केन्द्रबाट ६ हजार ७ सय ८४ जनालाई वैदेशिक रोजगारी सम्बन्धी आधारभुत सूचना पुगेको बताउनुभयो ।
जिल्लामा स्वीस तथा नेपाल सरकारको द्धिपक्षीय समझदारी अनुसार कावासोती नगरपालिका, गैंडाकोट नगरपालिका, मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाको साझेदारीमा हिकोडेफले सुरक्षित आप्रवासन परियोजना अन्र्तगत वैदेशिक रोजगारी सम्बन्धी सूचना सम्प्रेषण, सीपमा पहुँच अभिवृद्धि, न्यायीक परामर्श, वित्तीय साक्षरता, मनोपरामर्श तथा सामाजिक लागतका विषयमा काम गर्दै आईरहेको छ ।
यस वर्ष कावासोतीका १५ सय ६९, मध्यविन्दुका १ हजार ६३, गैंडाकोटका १४ सय ३३, विनयीत्रिवेणीका ४ सय ५७ र अन्य पालिकाबाट गरि ६ हजार ७ सय ८४ जना परामर्शका लागि आप्रवासी स्रोत केन्द्र पुगेको तथ्याङ्क रहेको छ ।

Share.

Leave A Reply