लकडाउनले मेघौलीको पर्यटन क्षेत्र ठप्प, अनुदान दिनुपर्नेमा जोड (सुन्नुहोस् पुरा कुराकानी)

0

डोलराज रानाभाट,२४ असार । मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतोले कोभिड १९ र लकडाउनका कारण यस क्षत्रको पर्यटन व्यवसाय ठप्प भएको बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै उहाँले राज्यले दिएको निर्देशन पूर्ण पालना गरेपनि होमस्टे होटल व्यवसायी ठप्प हुँदा समेत अनुदानको कुनै पनि कार्यक्रम नल्याउँदा मारमा परेको बताउनुभयो । भव्यताका साथ भिजिट नेपाल २०२० लाई स्वागत गरेर अधिक पर्यटक तान्न काम भइरहदा एक्कासीको लकडाउन र कोभिड कारण थला परेको पर्यटन व्यवसायलाइ उठाउन समिति लागि परेको बताउनुभयो । विशेष गरी भरतपुर २७ र २८ का स्थानीय सरकारले पनि सहयोग गरेको भन्दै उहाँले वहुजातीय सांस्कृति महल निर्माण, भ्युटावर निर्माण, १ करोडको लागतमा राइनो पार्क निर्माणका कार्यहरु कोभिड ले स्थगित भएपछि सामान्य अवस्था आएपछि गति लिने बताउनुभयो । अहिले नेपालकै उत्कृष्ट थारु होमस्टे आठ वटा रहेको र यसलाई वढाउने योजनामा आफूहरु रहेको बताउँदै छिट्टै कुमाल जातीहरुको होमस्टे संचालनको तयारी भएको बताउनुभयो । राइनो पार्कमा ३० फिटको गैंडाको प्रतिमा बनाउने र सूचना केन्द्र र कल्चर हाउस निर्माण भने सकिएको उहाँको भनाई छ ।
सुन्नुहोस् पुरा कुराकानी 

कोभिड १९ ले मेघौलीको पर्यटन क्षेत्रमा परेको असर ? जनजीवन सामान्य भएपछि मेघौलीमा पर्यटक भित्राउन भएका तयारीमेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिशचन्द्र महतो

Posted by 101.6 Vijaya FM on Tuesday, July 7, 2020

 

 

Share.

Leave A Reply