गैंडाकोट नगरको पशुशाखाद्धारा १ लाख सेट सुपर नेपियर निशुल्क वितरण

0

डोलराज रानाभाट, २४ असार । गैंडाकोट नगरपालिकाको पशु शाखाले किसानहरुलाई निशुल्क घाँस वितरण गरेकोछ । सुपर नेपिएर जातको घाँस हिजो वितरण गरेको हो ।

दर्ता भएका ५ सय जना पशुपालकहरुलाई उक्त जातको घाँस वितरण गरिएको शाखा प्रमुख प्रमोद कुमार पौडेलले जानकारी दिनुभयो । आज पशु सेवा केन्द्र हर्कपुर मार्फत कम्तीमा ५०० जनालाई वितरण गर्ने कार्यक्रम रहेकोछ । सवै गरी १ लाख सेट वितरण गर्ने कार्यक्रम रहेको हो ।

पशुको आहारा घाँस किसान आफैले उत्पादन गर्न सके लागत घट्ने भएकाले किसानलाई फाइदाका लागि नगरले निशुल्क घाँस वितरण गरेको पौडेलले बताउनुभयो ।

सुपर नेपियरमा पोष्टीक तत्व वढि हुने र यो वहुवर्षिय घाँस भएकाले पनि किसानलाई धेरै नै फाइदा हुने उहाँले बताउनुभयो । खाली जमिनमा एक पटक लगाएपछि पटक पटक घाँस काट्न सकिने र त्यहीबाट पुन अरु घाँस लगाउन सकिने सुपर नेपियर जातको घाँस पशुपालक किसानलाई ठूलो राहत मिल्ने भएको छ ।

Share.

Leave A Reply