भरतपुरमा बोरामा पोको पारेर फालिएको अवस्थामा वडानम्वर १४ का गुरुङको शव फेला

0

चितवन, २३ असार । चितवनमा एकजनाको शव फेला परेको छ । भरतपुर महानगरपालिका १० मैयाँदेवी कन्या कलेजको कम्पउण्ड नजिकै एउटा बेवारिसे शव फेला परेको हो ।

कलेजको नजिक रहेको पीपलको रुख नजिक वोरामा वाँधीएको अवस्थामा शव फेला परेको थियो । शवको मुचुल्का उठाउने काम भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् डिएसपी सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

 

शव भरतपुर महानगरपालिका १४ बस्ने वर्ष ४१ का राज कुमार गुरुङको रहेको र आंशिक सडेर दुर्गन्धित अबस्थामा फेला परेको थापाले जानकारी दिनुभयो ।

 

मृतक तथा घटनास्थलको प्रकृती अनुशार मृत्यु शंकास्पद देखिएको र सोही घटनामा संलग्नको आशंकामा दुई जना पुरुष हरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको चितवन प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply