मृत्यु भएको हल्ला चलाइएका युवकलाई अस्पतालले निको बनाई घर पठायो

0

२३ असार । उपचार भइरहदा मृत्यु भएको भनी अपवाह फैलाइएका व्यक्तिलाई आज निको पारेर चितवन मेडिकल कलेजले घर पठाएको छ । भरतपुर महानगरपालिका वडा नं २२ पटिहानी बस्ने वर्ष १८ का आषिश वि.कलाई निको वनाएर घर पठाइएको अस्पतालले आज विज्ञप्ती निकलि जानकारी गराएको छ । गत जेठ २७ गतेका दिन ज्वरो आई, पेट दुखेर भर्ना हुंदा अप्रेसन गर्दा आई सि. यु मा भेन्टिलेटरमा राखि उपचार भैरहेको समय जेठ २९ गते करिब दिनको ३ बजेको समयमा केहि मानिसहरुको जमातले विरामीको मृत्यु भएको भनि अफवाह फैलाई अस्पतालमा होहल्ला, तोडफोड गरिे उपचारमा संलग्न चिकित्सक तथा अस्पतालका अन्य कर्मचारीहरुलाई पनि हातपात गरिएको अस्पतालले जनाएको थियो ।

 

Share.

Leave A Reply