३ पत्रकार सहित गैंडाकोटमा ६६ जनाको स्वाव संकलन

0

२२ असार । गैंडाकोट नगरपालिकामा आज ३ जना पत्रकार सहित ६६ जनाको स्वाव संकलन गरिएको छ । नगरपालिकाको स्वस्थ्य शाखा प्रमुख झलकराज पौडेल सहितको नेतृत्वले आज एसपीएम कलेजमा स्वाव संकलन गरेको हो । गैंडाकोटकै दक्ष स्वास्थ्य प्राविधिकहरुले संकलन गरेको स्वाव परीक्षणका लागि हेटौँडा पठाइएको छ ।

३ जना पत्रकार, ११ जना प्रहरी सहित वाँकी एसपीएम, नेराश, जनक माविका क्वारेनटाइनमा वस्दै आउनुभएका र होम क्वारेनटाइनमा रहनुभएकाहरुको संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो ।

 

नगरभित्र हालसम्म २९ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्य रजहरबाट गैंडाकोट १, ३ र ७ का गरी ३ जना संक्रमित निको भई घर फर्किसक्नुभएको छ ।

Share.

Leave A Reply