मास्क नलगाई चितवनमा हिँडे कारवाही हुने

0

२२ असार । चितवनमा मास्क नलगाई हिँडेमा कारवाही हुने भएको छ । विश्वभर महामारीको रुप लिएको कोभिड १९ को संक्रमण टरी नसेको सन्दर्भमा मास्क नलगाई सार्वजनिक स्थानमा हिँड्नेलाई कारवाही गरिने जनाउँदै सचेत हुन जिल्ला प्रशासन कार्यालय चितवनले सुचना जारी गरेको छ ।

कोभिड बाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन अनिवार्य रुपमा मास्क लगाएर हिँड्न तथा सामाजिक दूरी कायम गर्न सवैमा आग्रह गरिएको छ ।

 

अन्यथा संक्रामक रोग ऐन २०२० बमोजिम तत्काल नियन्त्रणमा लिई कारवाही गरिने प्रशासकीय अधिकृत इश्वर सिँखडाद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचना मार्फत सचेत गराइएको हो ।

Share.

Leave A Reply